काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध आउँदो वैशाख १८ गतेसम्म कायम राख्ने निर्णय गरेको छ ।
कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वैशाख १८ गते अर्थात् अप्रिल अन्तसम्म उडान गर्न नदिने निर्णय गरेको हो ।
आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको जनाइएको छ । बैठकले कोरोनाभाइरस संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा ‘र्यापिड किट’मार्फत् परीक्षणलाई बढाउने निर्णय गरेको छ ।
Comment