सोमबारको सेयर बजार हरियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सोमबारको सेयर बजार हरियो



काठमाडौं । २७ अंकले ओरालो लागेको सेयर बजार सोमबार हरियो भएको छ। पाँच  दिन लगातार घटेको सेयर बजार सोमबार उकालो लागेको छ । सोमबार  नेप्से दोहोरो अंकले वृद्धि भएको छ ।
सोमबार नेप्से करिब ११ अंकले  बढेर १३६२.५३ विन्दुमा पुगेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार भने केही कम भएको छ । सोमबार ४६ करोडको सेयर कारोबार भएको छ । अरु दिनको तुलनामा यो कम हो ।

सोमबार पनि लगानकर्ताहरु बैंकतिर बढी आकर्षित देखिएका छन् । बढी कारोबार हुनेमा अधिकांश बाणिज्य बैंक छन् ।बढी कारोबार हुनेमा  सिटिजन्स, नेपाल बैंक, स्टान्डर्ड चार्टड, सानिमा, नबिल, नेपाल बंगलादेश बैंक,ग्लोबल आइएमइ, सनराइज, एभरेष्ट बैंक, एनएमबि लगायत छन् ।

सोमबार बढी कारोबार हुने कम्पनीहरु

top turnover a4

सबैभन्दा बढी सिटिजन्स बैंकको छ करोड बढीको कारोबार भएको छ। सोमबार हाइड्रो बाहके सबै समूह हरिया भएका छन् ।

गत साताको पहिलो दिन आइतबार सेयर बजार सबा अर्बको कारोबार भएर नेप्से ‌ऐतिहासिक उचाइतिर उक्लेपछि सोमबारदेखि बजारमा करेक्सन देखिएको थियो । १३७७ विन्दुलाई छोएपछि नेप्से ओरालो लागेको थियो ।

नेपाल धितोपत्र बोर्डले सचेत भएर लगानी गर्न आग्रह गर्दै सोमबार दोस्रोपटक विज्ञप्ती जारी गरेपछि बजारमा त्यसको केही मनोवैज्ञानिक असर देखियो । तर लगानीकर्ताको उत्साह भने घटेन। बजार घट्दा पनि दैनिक पचास करोडभन्दा बढी नै कारोबार भयो ।

Index a4

धितोपत्र बोर्डको विज्ञप्तीपछि बजार घट्छ भनेर हल्ला फैलाइए पनि लगानीकर्ताले आत्मविश्वास भने गुमाएका छैनन् । बोर्डको विज्ञप्तीलाई बाहना बनाएर बजारलाई ओरालो लगाउने खेल भने असफल भएको छ। पछिल्लो करेक्शनले बजार झन् बलियो भएको विश्वास गरिएको छ ।

प्रकाशित : २२ चैत्र २०७२, सोमबार १५:१७