यस्तो छ तीन दिनको माैसम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

यस्तो छ तीन दिनको माैसम



नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। देशको पश्चिमी तथा मध्य भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा आन्शिक बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फागुन ३० गते
दिउँसोः देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भूभागका केही स्थानहरूमा र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भूभाग लगायत मध्य का धेरै स्थानहरूमा र पूर्वी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

चैत्र ०१
दिउँसोः देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

रातीः देशका अधिकांश भूभागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भूभागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

चैत्र ०२ गते
दिउँसोः देशका अधिकांश भूभागमा आन्शिक देखि सामान्य बदली रहनेछ। देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशका पहाडी भूभागमा आन्शिक देखी सामान्य बदली रहनेछ। देशको मध्य तथा पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
पश्चिमी भूभाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ तथा देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

प्रकाशित : ३० फाल्गुन २०७६, शुक्रबार ११:२९