प्राइम र कैलाश विकास बैंकले शुरु गरे एकिकृत कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम र कैलाश विकास बैंकले शुरु गरे एकिकृत कारोबार



काठमाडौं । प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको एकिकृत कारोबार आजबाट शुरु भएकाे छ । केन्द्रीय कार्यालय प्राइम कमर्सियल बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा एक कार्यक्रमका बीच एकिकृत कारोबार शुभआरम्भ भएकाे हाे ।

राष्ट्र बैंकको २०७६ फागुन १८ गतेको पत्रबाट वित्तीय संस्थाहरु प्राप्ति गर्ने अन्तिम स्वीकृत प्राप्त भएको र फागुन २१ गते कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृत पाएको थियो ।बैंकको मुख्य कार्यालय भने काठमाडाै कमलपोखरीमा हुनेछ।

एकिकृत कारोबारलगत्तै कुनै एक अर्काे राम्रो बैंक पाए गाभ्ने प्रक्रिया अघि बढाउने मर्जर कमिटिका संयोजक गजेन्द्र विष्टले जानकारी दिए । लगानीकर्तालाई लाभांस बढी दिने उद्देश्यले अन्य बैंकलाई पनि गाभ्ने प्रक्रिया अघि बढाइएको विष्टले बताए । दुई बैंकको एकीकृत कारोबारपश्चात बैंकको चुक्ता पूँजी १३ अर्ब ९८ करोड पुगेको छ भने निक्षेप करिब १ खर्ब ३० अर्ब पुगेको छ । यस्तै बैंकको कर्जा लगानी मात्रै १ खर्ब १४ अर्व पुगेको छ । बैंकका अनुसार कैलाशको प्राप्ति पश्चात बैंकको शाखा संख्या २ सय पुगेको छ ।

प्रकाशित : २९ फाल्गुन २०७६, बिहीबार ११:१०