ङादीमा लगानी अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ङादीमा लगानी अवसर



nyagdi1काठमाडाै । ङादी ग्रुप पावर लिमिटेडको साधारण सेयर आइतबारदेखि निष्कासन खुला भएको छ ।
यस कम्पनीको सेयर भर्नका लागि राजधानीसहित प्रमुख सहरहरूमा लगानीकर्ताको लाइन सुरू भइसकेको छ । कम्पनीको सेयरमा छिटोमा बुधबारसम्ममा आवेदन भरिसक्नु पर्नेछ ।
बैंकमा अधिक तरलता भएका बेला सर्वसाधारणका लागि यो लगानीको आकर्षक अवसर साबित हुन सक्ने अनुमान छ ।
बिक्री प्रबन्धक एनआइबीएल क्यापिट लिमिटेडका अनुसार लगानीकर्ताको उत्साहजनक सहभागिता हुने देखिएको छ ।
एनआइबीएल क्यापिटल लिमिटेडका महाप्रबन्धक मेखबहादुर थापाका अनुसार १२ अर्बदेखि १५ अर्बको हाराहारीमा सेयर आवेदन पर्ने अनुमान गरिएको छ । ‘अहिले नै भन्न अलिकठिन भएपनि १२ अर्बदेखि १५ अर्ब हाराहारीमा पर्ने अनुमान छ,’ उनले भने । पहिलो दिन नै ७० करोडदेखि ८० करोड रुपैयाँजतिको आवेदन पर्ने बिक्री प्रबन्धकको ठम्याईं छ ।
ङादीमा न्यूनतम ५० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिने पाइनेछ । कम्पनीले नौ लाख ७३ हजार सात सय २६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको हो ।
यसमध्ये कम्पनीका कर्मचारीले १९ हजार चार सय ७४ कित्ता सेयर पाउनेछन् । सामूहिक लगानी कोष कम्पनीलाई ४८ हजार ६ सय ८६ कित्ता सेयर बाँडफाँट गरिसकिएको छ ।
साधारण सेयर बाँडफाँटपछि कम्पनीको पुँजी संरचनामा ७० प्रतिशत प्रवद्र्धकको, २० प्रतिशत सर्वसाधारण सेयरधनी र १० प्रतिशत लमजुङ जिल्लाका स्थानीयबासिन्दाको हुनेछ ।
योजना प्रभावित लमजुङबासीले मात्रै चार लाख ६८ हजार आठ सय ६८ कित्ता सेयर पाउनेछन् । सर्वसाधारणको भागमा नौ लाख ७३ हजार सात सय ३७ कित्ता पाउनेछन् । कुल सेयरको २० प्रतिशत हो ।
पाँच मेगावटको यस कम्पनीको सेयरलाई इक्रा नेपालले ४ प्लस ग्रेडिङ दिएको छ ।

प्रकाशित : २१ चैत्र २०७२, आईतवार १३:३१