घर किन्नेकालागि केन्द्रिय बैंकले ल्यायाे खुकुलो नीति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

घर किन्नेकालागि केन्द्रिय बैंकले ल्यायाे खुकुलो नीति



काठमाडाै । केन्द्रिय बैंकले घर किन्नेका लागि खुकुलो नीति ल्याएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले घर किन्नेलाई दिने ऋणको भुक्तानी अनुपात बढाएको छ ।

यसअघि ५० प्रतिशत रहेको ऋणको अनुपात बढाएर ६० प्रतिशत पुर्‍याइएको राष्ट्र बैंकले जनाएको छ । अब कुल आम्दानीको ६० प्रतिशत रकम घरको किस्ता तिर्न छुट्याउन पाइनेछ । यसले गर्दा मध्यम वर्गीय परिवारलाई नयाँ घर बनाउन या किन्न सजिलो हुनेछ ।

यस्तै नियमअनुसार दर्ता भएका घर जग्गा व्यवसाय कम्पनीले सञ्चालन गर्ने नेपाल सरकारको सम्बन्धित निकायबाट अनुमति प्राप्त आयोजनाका लागि प्रदान गरिने कर्जाको ऋण मूल्य अनुपात पनि ताेकिएकाे छ । महानगरपालिका, उपमहानगरपालिका र काठमाडाै महानगरपालिकासँग जोडिएका नगरपालिका क्षेत्रमा अधिकतम ५० प्रतिशत र यो बाहेकका क्षेत्रमा ६० प्रतिशत कायम बताइएको छ ।

प्रकाशित : २० फाल्गुन २०७६, मंगलवार १४:१८