शेयर बजारमा भीषण पहिरो, कारोबार स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर बजारमा भीषण पहिरो, कारोबार स्थगित



काठमाडाै । सोमबार शेयर बजारमा भीषण पहिरो गएसँगै दोश्रो पटक नेगेटिभ सर्किट लागी बजार बन्द भएको छ।

मध्यान्ह १२ः४६ मा नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि नेप्सेले पहिलो सर्किट लगाई ४० मिनेटका लागि कारोबार स्थगन गरेको थियो।

तर, पुनः ४० मिनेटको स्थगनपछि खुलेको बजारमा केही मिनेटमै ६ प्रतिशत बढीको गिरावट आएसँगै नेप्सेले १ः२९ देखि अर्को सर्किट लगाउँदै आजको कारोबार नै स्थगित गरेको हो । गत हप्ता देखि निरन्तर उकालो लागेको नेप्से साताको दाश्रो दिन आज सोमबार ६ प्रतिशतले घटेर सर्किट ब्रेक लागेको हो । आज नेप्से ९६.०६ अंकले घटेर १ हजार ४ सय ९५ दशमलव ३० विन्दुमा थामिएको छ भने २ अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ को कारोवार भएको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा पहिलो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । नेपाल लाइफको आइतबार १५ करोड ६८ लाख ११ हजार २ सय ५६ रुपैयाँको शेयर किनबेच भएको छ ।

एनआइसी एशिया बैंक र एनएमबि बैंक कारोबार रकमका आधारमा दोस्रो र तेस्रो नम्बरमा देखिएका छन् । एनआइसी एशियाको १४ करोड ६१ लाख ५२ हजार १ सय ५० रुपैयाँको कारोबार भएको छ भने एनएमबिको ८ करोड ९५ लाख २३ हजार ६ सय २० रुपैयाँको शेयर किनबेच भएका छन् ।

बजारमा कारोबार हुने सबै उपसमूहहरु राताम्मे देखिएका छन् । सबैभन्दा धेरै घट्नेमा बीमा र बैंकिङ उपसमूहहरु देखिएको छन् । निर्जिवन बीमा उपसमूह ७ दशमलव ४६ अंकले ओरालो लागेको छ भने जीवन बीमा उपसमूह ७ दशमलव ४५ अंकले घटेको छ ।

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार १४:१३