मुक्तिनाथ विकास बैंकले ६ महिनामा ४७ करोड २५ लाख १२ हजार नाफा कमायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकले ६ महिनामा ४७ करोड २५ लाख १२ हजार नाफा कमायो



मुक्तिनाथ विकास बैंकले ६ महिनामा ४७ करोड २५ लाख १२ हजार खुद नाफा आर्जन गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा ४ करोड २७ लाख रुपैयाँले धेरै हो।

बैंकको शेयरधनी कोषमा ३६ करोड ७३ लाख, शेयर प्रिमयम ६ करोड ४० लाख र जगेडा कोषमा ७९ करोड ९८ लाख रुपैयाँ सञ्चित राखेको छ। चुक्ता पूँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार पुर्याएको बैंकको वार्षिक प्रतिशेयर आम्दानी २२.१३ रुपैयाँ छ। यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १२८.४७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.९२ गुणा छ।

विकास बैंक भएर पनि लघुवित्तको कामलाई उत्तिकै महत्व दिई विपन्न बर्गमा ३० प्रतिशत कर्जा प्रवाह गरेको मुक्तिनाथले आफ्नो जोखिमलाई अति कम गरी वाणिज्य बैंककै हाराहारीमा खुद नाफा कमाएको हो।एनएफआरएस प्रतिवेदन अनुसार बैंकको बैंकको वितरण योग्य नाफा ३४ करोड ३० लाख १३ हजार रुपैयाँ छ। यसअनुसार बैंकको लाभांश क्षमता २२.३८ प्रतिशत कायम हुन आएको छ। व्यवसाय विस्तारबाट बैंकको खुद ब्याज आम्दानी देखिएको १७ करोड ९६ लाख रुपैयाँको वृद्धि र कस्ट अफ फण्ड घट्दा मुनाफा वृद्धिमा सहयोग पुगेको हो।

बैंकको पूँजीकोष अनुपात १४.१५ प्रतिशत, कोषको लागत ८.६१ प्रतिशत, आधार ब्याजदर ११.१८ प्रतिशत, र स्प्रेडदर ५.६६ प्रतिशत रहेको छ।
बैंकले पुस मसान्त्सम्ममा निक्षेप संकलनलाई ४१ अर्बबाट ४७ करोड ७ लाखबाट ४८ अर्ब २३ करोड ८७ लाख रुपैयाँमा र कर्जा लगानीलाई पनि ३८ अर्ब १४ करोड ४३ लाखबाट बढाएर ४५ अर्ब २० करोड ३२ लाख प्रवाह गरेको छ। मुक्तिनाथको निस्क्रिय कर्जा अनुपात अघिल्लो वर्ष भन्दा ०.६ बिन्दुले बढे पनि ०.११ प्रतिशतमा रहेर विकास बैंक मध्येमा सबैभन्दा तल छ ।

प्रकाशित : २३ माघ २०७६, बिहीबार १०:४३