कृषि विकास बैंकको नाफा २२.८० प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कृषि विकास बैंकको नाफा २२.८० प्रतिशतले वृद्धि



काठमाडाै । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब २८ करोड ८० लाख नाफा आर्जन गरेको बैंकको खुद नाफामा २२.८० प्रतिशतले वृद्धि भई हाल चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० अर्ब ४१ करोड ८५ लाख रुपैयाँ र शेयरधनी कोषमा ४ अर्ब ४६ करोड २८ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १४ करोड ८३ लाख रुपैयाँ रहेको छ।

पुस मसान्तसम्ममा १ खर्ब २७ अर्ब २१ करोड निक्षेप सङ्कलन गरी १ खर्ब १५ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको यस बैंकले सो अवधिसम्ममा ३ अर्ब १७ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत आवको सोहि अवधिको तुलनामा ३२ करोड ३३ लाख रुपैयाँ कम हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने २७ लाख ४८ हजार रुपैयाँ बढेर १ अर्ब ९८ करोड ४४ लाख पुगेको छ।

बैंकको वार्षिक प्रति सेयर आम्दानी (ईपिएस) ३१.४७ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेशियो) १२.०१ गुणा रहेको छ । बैंकको दोस्रो त्रैमासको समीक्षा अबधिमा शेयरको अधिकतम मुल्य रु. ४२१ र न्युनतम मुल्य रु.३५९ रहेको छ।

प्रकाशित : २१ माघ २०७६, मंगलवार ०९:५६