ब्रोइलर कुखुराको मासु किलोको चार सय रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ब्रोइलर कुखुराको मासु किलोको चार सय रुपैयाँ



काठमाडौ । उपत्यकामा ब्रोइलर कुखुराको मासु किलोको चार सय रुपैयाँ पुगेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य किलोको दुई सय ७० रुपैयाँ तोकिएपछि आइतबारदेखि तयारी मासु किलोको चार सय रुपैयाँ पुगेको व्यापारीले बताएका छन् ।

यो अहिलेसम्मकै धेरै मूल्य हो । गएको मङ्सिरको अन्तिम हप्ता तयारी मासु नै किलोको दुई सय ६० रुपैयाँमा झरेपछि ब्रोइलर कुखुराका चल्ला उत्पादकले चल्ला र अण्डा नष्ट गरेका थिए ।एक हप्ता लामो चल्ला ‘होलिडे’ अन्तर्गत ४० लाख चल्ला र ६० लाख निशेचित अण्डा नष्ट गरिएपछि त्यसैको प्रभाव स्वरुप अहिले देशभर ब्रोइलर कुखुरा अभाव भएपछि मासुको भाउ बढेको हो ।

यसअघि काठमाण्डाै उपत्यका र आसपास ब्रोइलर कुखुरा अभाव भएमा व्यवसायीले बाहिरी जिल्लाबाट कुखुरा मगाउने गरेको भए पनि यस वर्ष सबैतिर ब्रोइलर अभाव भएको छ ।अहिले तराईका जिल्लामै जिउँदो ब्रोईलर कुखुरा किलोको दुई सय ४० र काठमाण्डौ उपत्यकामा किलोको दुई सय ७० तोकिएको व्यवसायीले बताएका छन् ।

प्रकाशित : १९ माघ २०७६, आईतवार ०७:३४