प्राइम कमर्सियल बैंकको लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राइम कमर्सियल बैंकको लाभांश पारित



काठमाडौं । प्राइम कमर्सियल बैंकको  विशेष साधारण सभाबाट नयाँ विकास बैंकलाई प्राप्ति गर्ने र सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको  छ । शुक्रबार सम्पन्न बाह्रों वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर बितरण गर्ने र कैलाश बिकास बैंक लिमिटेडलाई प्राप्ति गर्नै बिशेष प्रस्ताव पारित गरेको हो ।

बैंकको चुक्तापुँजी १४ अर्बभन्दा माथि पुग्ने बैंकले जनाएको छ । बैंकले गत महिना मात्रै कन्काइ डेभलपमेन्ट बैंकलाई प्राप्ति गरि एकीकृत कारोबार समेत गरिसकेको छ । 

कैलाश विकास बैंकको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ९४ कित्ता शेयर स्वाप रेसियो कायम हुने गरी बाह्रों वार्षिक साधारण सभा सम्पन्न गरेको छ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चात शाखा संख्या १९९ हुने बैंकले जनाएको छ । 

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लागि आपनो शेयरधनीहरुलाई  समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले सभामा जानकारी गराएका थिए  । 

प्रकाशित : २६ पुष २०७६, शनिबार २१:४८