काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका लागि आईतबार धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
शुक्रबार उपमहानगरले सूचना जारी गर्दै भ्रमण वर्षका क्रममा आयोजना हुने धरान महोत्सवका अवसरमा पुस २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
उपमहानगरको गत सोमबार बसेको बैठकले बिदाको निर्णय गरेको थियो ।
शुक्रबारदेखि आइतबारसम्म हुने धरान महोत्सवमा विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताए ।
Comment