चलचित्र विकाश बोर्डका कार्यकारी अध्यक्ष भट्टराईको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

चलचित्र विकाश बोर्डका कार्यकारी अध्यक्ष भट्टराईको निधन



काठमाडौँ । वरिष्ठ चलचित्रकर्मी, निर्देशक, चलचित्र विकाश बोर्डका कार्यकारी अध्यक्ष, कुशल अभिनेता तथा निर्माता केशब भट्टराई (५४ वर्ष )को २०७६ मङ्सिर २९ गते आइतबार राति १० बजेर २० मिनेट जाँदा हृदयघातका कारण निधन भएको भनिएको छ। तर, कहाँ र कुन अवस्थामा उनको निधन भयो भन्ने बारेमा एकिन हुन सकेको छैन।

उनलाई राति ओम अस्पतालमा पुर्याउँदा नै उनको मृत्यू भैसकेको खबर छ।
चलचित्र विकाश बोर्डका कार्यकारी अध्यक्ष केशब भट्टराई चलचित्र क्षेत्रको सुधारमा र कलाकारको हितमा डटेर कम गर्दै आएका थिए। संचार मन्त्रीमा गोकुल बाँस्कोटा आएपछि उनको नियुक्ति भएको थियो।

प्रकाशित : ३० मंसिर २०७६, सोमबार ०७:४९