उरालियो नेप्से, १ अर्ब १४ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उरालियो नेप्से, १ अर्ब १४ करोडको कारोबार



काठमाडौंSTOCK  । साताको पहिलो दिन नेप्से परिसुचक २० दशमलव १९ अंकले बढेर १ हजार ३ सय ७७ दशमलव ३३ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४ दशमलव ८२ अंकले बढेर २ सय ९७ दशमलव ३० अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।

आज १ सय २९ वटा कम्पनीहरुको ४ हजार ५ सय २९ वटा कारोबारबाट १ अर्ब १४ करोड २६ लाख २९ हजार ५ सय २ रुपैयाँ बराबरको १४ लाख ८६ हजार ८ सय ४७ कित्ता शेयरहरु कारोबार भएका छन् । बिहिबारको तुलनामा कारोबार रकम २९ करोड ७१ लाख ८९ हजार ३ सय ३ रुपैयाँले बढेको हो ।

नेपाल लाइफ इन्स्योरेन्सको आज सबै भन्दा बढी ११ करोड ४३ लाख ९ हजार २ सय ५२ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी सिटिजन्स बैंकको ७ करोड १८ लाख ३३ हजार ६ सय ७० रुपैयाँ, नेपाल बैंकको ६ करोड ६१ लाख ७६ हजार ८ सय ८५ रुपैयाँ, एभरेष्ट बैंकको ६ करोड ४ लाख ६० हजार ६ सय ५७ रुपैयाँ र नबिल बैंकको प्रमोटर शेयरको ५ करोड ७३ लाख ५५ हजार ९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
इन्नेभेटिभ डेभलपमेन्ट बैंकको र मिसन डेभलपमेन्ट बैंकको सबै भन्दा धेरै १० प्रतिशतले मुल्यमा वृद्धि भएको छ । त्यस्तै माउन मकालु डेभलपमेन्ट बैंकको ९ दशमलव ९१ प्रतिशतले, सेन्टल फाइनान्सको ९ दशमलव ६९ प्रतिशते र महिला सहयात्री माइक्रोफाइनान्सको ९ दशमलव १४ प्रतिशतले मुल्यमा वृद्धि भएकोे छ ।

नेप्सेका ९ समुहहरु मध्ये प्रमुख ७ वटा समुहहरु अन्तर्गत आज कारोबार भएको छ । बैंकिग समुह सबै भन्दा अत्याधिक ३६ दशमलव ५४ अंकले बढेको छ । त्यसैगरी होटल समुह ८ दशमलव ९६ अंकले, जलविद्युत समुह ६ दशमलव ०३ अंकले, फाइनान्स समुह १ दशमलव ६६ अंकले र बीमा शुन्य दशमलव ७८ अंकले बढेको छ भने अन्य समुह ५ दशमलव ८७ अंकले र विकास समुह ५ दशमलव २५ अंकले घटेको छ ।

कालिनचोक डेभलपमेन्ट बैंकको लगानीकर्ताहरुले आज आफ्नो शेयरको मुल्यमा सबै भन्दा धेरै ९ दशमलव ८४ प्रतिशतले गुमाएका छन् । संगसगै प्रुडेन्सिलय इन्स्योरेन्सको ८ दशमलव ७७ प्रतिशतले र अल्पाइन डेभलपमेन्ट बैंकको ७ दशमलव ४१ प्रतिशतले मूल्यमा अत्याधिक गिरावट आएको छ ।

प्रुडेन्सिलय इन्स्योरेन्सको १० प्रतिसतको बोनस शेयर प्रस्ताब गरेको छ ।

प्रकाशित : १४ चैत्र २०७२, आईतवार १५:४७