र हेवाखोला जलविद्युत आयोजनामा एनएमबी बैंकको नेतृत्वमा तीनवटा बैंकले सहवित्तीयकरणमा लगानी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

र हेवाखोला जलविद्युत आयोजनामा एनएमबी बैंकको नेतृत्वमा तीनवटा बैंकले सहवित्तीयकरणमा लगानी गर्ने



logoकाठमाडौं। अपर हेवाखोला जलविद्युत आयोजनामा एनएमबी बैंकको नेतृत्वमा तीनवटा बैंकले सहवित्तीयकरणमा लगानी गर्ने भएका छन्। यो आयोजनामा एनएमबीसँगै नेपाल बैंक र कृषि विकास बैंकले लगानी गर्नेछन्।

८.५ मेगावाटको आयोजनामा तीनवटा बैंक मिलेर ९८ करोड रुपैयाँ ऋण लगानी गर्ने छन्। यो रकम कूल लगानीको ८० प्रतिशत हो। यस्तै आयोजनामा प्रवर्द्धक अर्थात अपर हेवाखोला हाइड्रोपावर कम्पनीले ३० प्रतिशत अर्थात ४३ करोड रुपैयाँ लगानी गर्ने भएका छन्।

यो आयोजना संखुवासभाको जलजला गाविस र चैनपुर नगरपालिकाको बीचमा पर्छ। सरकारल यो आयोजनाको विद्युत उत्पादन गर्न २०६६ सालमा सर्वेक्षणको अनुमति दिएको थियो।

कम्पनीले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी ऊर्जा मन्त्रालयबाट गत वैशाखमा विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरी नेपाल विद्युत प्राधिकरणसँग पुस २३ मा विद्युत खरीद–बिक्री सम्झौता गरेको थियो। आयोजनाबाट २०७६ साल असारमा विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ।

प्रकाशित : १४ चैत्र २०७२, आईतवार ०८:०३