काठमाडाै । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन अटेर गरिरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई सो प्रक्रियामा तत्काल सामेल हुन निर्देशन दिएको छ ।

“सामाजिक सुरक्षा ऐन, २०७४ एवं नियमावली २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा सञ्चालन कार्यविधि, २०७५ मा भएको व्यवस्थाबमोजिम इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा सूचीकण गर्ने व्यवस्था गर्नु / गराउनु”, राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका निर्देशक देवकुमार ढकालद्वारा जारी सूचनामा भनिएको छ ।
पटक पटक कोषमा सूचीकृत हुन समयावधि थप गरिएको भए पनि बैंक तथा वित्तीय संस्था सूचीकरण प्रक्रियामा सहभागी हुन नआएको भन्दै श्रम मन्त्रलायले वित्तीय क्षेत्रलाई निर्देशन दिन राष्ट्र बैंकसमक्ष आग्रह गरेको थियो । सरकारले ल्याएको योजनामा असन्तुष्टि जनाउँदै बैंक तथा वित्तीय संस्थाले उक्त प्रक्रियामा सहभागी हुन अटेर गर्दै आएका छन् । बैंकहरुले केहि ब्यबस्था विभेदकारी भएको भन्दै योजनामा सहभागी हुन् अटेर गरेका हुन् । सुरक्षामा अनिवार्य सहभागी हुनु निर्देशन गरे पनि अटेर गर्नेलाई के गर्ने भन्ने अन्याैल नै रहेको देखिएको छ ।






Comment