
प्रसंग निगमका विमान चालक सुवास रिजालको हो । उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने कुरा निगमभित्रै चर्चामा आउन थालेको छ । रिजालको प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको स्रोतको दाबी छ। आदर्श सेवा विद्यालय इन्टर कलेज, वाराणसीबाट प्राप्त प्रमाणपत्रमा क्याप्टेन सुवास रिजालले इन्टरको परीक्षा सन् १९८७ मा पास गरेको उल्लेख छ । उनी सन् १९८५ मा सो शैक्षिक संस्थामा प्रवेश गरेका थिए ।
रिजालले पाएको चारित्रिक प्रमाण पत्रमा उमेर भने विक्रम संवत्मा लेखिएको छ । जबकि भारतमा इस्वी संवतमा यस्तो तिथि लेखिने गरिन्छ । यसले गर्दा पनि उनको प्रमाणपत्र नक्कली भएको आशंका उत्पन्न भएको छ ।
Comment