सबैको लघुवित्तले सतप्रतिशत हकप्रद जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सबैको लघुवित्तले सतप्रतिशत हकप्रद जारी गर्ने



काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार तनहुँको डुम्रेमा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०७-७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु.१६ करोड ५० लाखको १३ प्रतिशत अर्थात् २ करोड १४ लाख ५० हजार बराबरको बोनश शेयर जारी गर्ने निर्णय गरेको छ ।

बोनश सेयर वितरणपछि संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार पुगेको छ । यसैगरी सभाले बोनश शेयर जारी पश्चात्को पुँजीको १०० प्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ । साथै उक्त सभामा सर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकहरु श्यामप्रसाद श्रेष्ठ र गोपाल जोशी निर्विरोध निर्वाचित भएका छन् । सभाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त अन्य ‘घ’ वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्नेसम्बन्धी विशेष प्रस्तावमेत पारित गरेको छ ।

प्रकाशित : २२ मंसिर २०७६, आईतवार १४:४३