नेपाल बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत



काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल सर्वसम्मत भएका छन् । मंगलबार दाहाल एक्लैको मनोनयन पत्र दर्ता भएसँगै उनी सर्वसम्मत भएका हुन् । यद्यपि यसको औपचारिक घोषणा बिहीबार हुने संघको बार्षिक साधारणसभामा मात्रै हुनेछ । सर्वसम्मत भएपछि दाहालले राष्ट्र बैंकसँग सहकार्य गर्दै बैंकिङ क्षेत्रलाई बलियो बनाउन र बैंकरहरुको मनोबल उच्च राख्न आफूले काम गर्ने बताए । संघमा यसअघि एनबी बैंकका सीईओ ज्ञानेन्द्र ढुँगाना अध्यक्ष थिए ।

त्यस्तै संघको उपाध्यक्षमा नेपाल एसविआइ बैंकका सिइओ अनुकुल भट्नागर नै दोहोरीने निश्चित भएको छ । उपाध्यक्षमा पनि भट्नागरको मात्रै उमेद्धावारी परेको बताइएको छ ।

यस्तै संघका अन्य कार्यकारी सदस्यहरुमा मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेली, एनसिसि बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश रमेश राज अर्याल, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवर र एनएमबी बैंकका सुनिल केसी चयन हुने भएका छन ।

सिभिल बैंकका गोविन्द गुरुङ र माछापुच्छ्रे बैंकका सुमन शर्माको कार्यकाल बाँकी नै रहेकोले निरन्तरता पाउँनेछन । संघको विहीबार हुने साधारण सभाले नयाँ कार्यसमितिको अनुमोदन गर्ने संघका कार्यकारी प्रमुख अनिल शर्माले बताए ।

प्रकाशित : १७ मंसिर २०७६, मंगलवार १९:१८