शिवराज श्रेष्ठ प्रकरणः छानबिन समिति भित्रै विवाद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शिवराज श्रेष्ठ प्रकरणः छानबिन समिति भित्रै विवाद



काठमाडाै । निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथिको आरोपमा छानबिन गर्न गठन भएको नेपाल राष्ट्र बैंकका सञ्चालकहरु संलग्न समितिमा विवाद भएको छ ।

श्रेष्ठ माथि छानविन गर्न बनेको समितिका एक सदस्य रामजी रेग्मीले समितिबाट राजीनामा दिएसंगै यस प्रकरणमा नयाँ ट्वीस्ट आएको हो । समितिका सदस्य रामजी रेग्मीले श्रेष्ठलाई सरकारले फसाउन खोजेको र समितिले त्यसैको मतियार भएर प्रतिवेदन तयार गर्न लागेको आरोप लगाउँदै आफू समितिबाट बाहिरिएको बताए ।

डेपुटी गर्नर श्रेष्ठलाई फर्जी बिल तयार गरेर नेपाल राष्ट्र बैंकबाट सुविधा लिएर नोक्सान पु¥याएको र सम्पत्ति शुद्धीकरणको सरकारको प्रयासलाई असहयोग गरेको आरोपमा छानबिनका लागि सरकारले आग्रह गरेको थियो ।

सरकारको आग्रहपछि नेपाल राष्ट्र बैंक सञ्चालक समितिले सञ्चालकहरुमध्येबाट श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुबोधकुमार कर्ण सम्मिलित तीन सदस्यीय समिति गठन गरेको छ ।

एक महिनाभित्र प्रतिवेदन सरकारलाई बुझाउने कार्यादेशसहित गठन भएको समितिमा विवाद उत्पन्न भएको छ ।

छानबिन समिति गठन भएपछि डेपुटी गभर्नर श्रेष्ठ १८ कात्तिकमा निलम्बनमा परेका थिए ।

प्रकाशित : ५ मंसिर २०७६, बिहीबार ११:२६