मन्त्रीमण्डलमा व्यापक हेरफेर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

मन्त्रीमण्डलमा व्यापक हेरफेर



काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। प्रधानमन्त्री ओलीले ६ मन्त्री र दुई राज्यमन्त्री बर्खास्त गरेका छन भने ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका छन।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाललाई स्वास्थ्य मन्त्रालय दिएका छन। यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै प्रधानमन्त्री ओलीले भौतिकपूर्वाधारमन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाएका छन् । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको छ। कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

प्रकाशित : ५ मंसिर २०७६, बिहीबार ०७:५२