मन्त्री हेरफेर प्रधानमन्त्रीकै अधिकार – प्रचण्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

मन्त्री हेरफेर प्रधानमन्त्रीकै अधिकार – प्रचण्ड



काठमाडाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले मन्त्री हेरफेर प्रधानमन्त्रीकै अधिकार भएको बताएको छ ।

केही दिनयता मन्त्रिपरिषद् हेरफेरको हल्ला तीव्र बनेपछि दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको भन्ने समाचार बाहिरिएपछि सचिवालयले खण्डन गरेको हो ।

सोमबार बालुवाटारमा बसेको बैठकमा दुई शिर्ष नेताबीच सहमति जुट्न नसकेको समाचार बाहिरिएपछि प्रचण्डको सचिवालयले यसको खण्डन गरेको हो ।

हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरूका विषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित र प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।

मन्त्री फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ,” सचिवालयले मङ्गबार विज्ञप्ति जारी गरी प्रष्ट पारेको छ ।

प्रकाशित : ३ मंसिर २०७६, मंगलवार १२:१०