विपत्त व्‍यवस्थापन गर्न आइसिटीको भूमिका महत्वपूर्ण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विपत्त व्‍यवस्थापन गर्न आइसिटीको भूमिका महत्वपूर्ण



काठमाडौ। सूचना तथा सञ्चारमन्त्री शेरधन राईले विपत्त व्‍यवस्थापन गर्न आइसिटीको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
नेपालमा गएको शक्तिशाली भूकम्पको विपत्तीमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग र नेपालले हासिल गरेको अनुभवसम्बन्धी कार्यक्रमा मन्त्री राइले सूचना प्रविधि मानिसको महत्वपूर्ण आवश्‍यकता बनिसकेको भन्दै यसको विकास र विस्तारमा जोड दिनुपर्ने बताए।

Inet_Sherdhan_rai_912515758

उनले सूचना प्रविधिको प्रयोगलाई संस्थागत रुपमा बढावा दिन सरकार सधै प्रतिवद्ध रहेको बताए। उनले भने, ‘सूचना प्रविधिले विश्वमा फड्को मारिरहेको छ, नेपालका पनि यसको विकास र विस्तार गरेर विकासमा सहयोग पुर्याउनु जरुरी छ। यसमा सरकारको साथ समर्थन र सहयोग रहनेछ।’

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिगम्बर झाले इन्टरनेटको ब्रोन्डव्यान्ड पहुँच पुर्याउन नीजि क्षेत्रको भूमिका थप आवश्यक रहेको बताउँदै यसको लागि प्राधिकरणबाट आवश्यक नीतिगत तथा आर्थिक सहयोग उपलब्ध हुने विश्वास दिलाए।
यस्तै क्यान महासंघका अध्यक्ष इन्जिनियर विनोद ढकाल र इन्टरनेट सोसाइटी एसिया प्यासिफिक क्षेत्रका निर्देशक रजनेश सिंह द्वयले सूचना प्रविधि विपत् व्यवस्थापनमा एउटा अचूक औषधिको रुपमा काम गरेकोले यसलाई सबैले  सही तरिकाले अपनाउनु पर्ने बताए।उनीहरुले विपत्त व्यवस्थापनमा सरकारले चाडै नै पूर्वतयारीका लागि आपतकालीन योजना, आपतकालीन सेवा, प्रकोप व्यवस्थापन र यससँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय सरोकारवालासँग छलफल गर्नु पर्ने बताए।

कार्यक्रममा मुख्यतयाः ०७२ सालको भूकम्पबाट नेपालले सिकेको पाठ, क्षेत्रीय विकास, अनुभव र सुचना आदानप्रदान गर्ने, प्रकोप जोखिम नियन्त्रणमा इमर्जिङ प्याराडिज्म, अल्पकालीन र दीर्घकालीन रुपमा प्रकोप व्यवस्थापनका लागि भविष्यमा अपनाउनुपर्ने उपाय र महत्वपूर्ण पूर्वाधारबारे छलफल भएको थियो।

प्रकाशित : ५ चैत्र २०७२, शुक्रबार १४:४३