चीनसँग इन्धन सम्झौता नहुने निश्चित, आपुर्तिमन्त्री आउट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चीनसँग इन्धन सम्झौता नहुने निश्चित, आपुर्तिमन्त्री आउट



काठमाडौं । भारतले अकस्मात नाकाबन्दी लगाएको बेला देखि नै नेपालमा चलेको एउटा चर्चा हो चीनसँग इन्धन आपुर्ति सम्झौता । यो सम्झौताको विषयमा जति चर्चा नाकाबन्दी पछि सायदै अन्य कुनै विषयमा भयो होला । विभिन्न चरणमा चलेका चर्चा र सम्झौता हुनै लागेका हल्ला सेलाउँदै गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको बेला भने इन्धन सम्झौता गरिने चर्चा पछिल्लो समयमा चलेको थियो । तर ओलीको चीन भ्रमणमा पनि इन्धन आपुर्ति सम्झौता नहुने करिव करिव निश्चित देखिएको छ ।

पछिल्लो समय भारतको नाकाबन्दी हटेपछि चीनबाट इन्धन ल्याउने विषयले प्राथमिकता पाउन छोडेको छ । यसमा सरकारको गृहकार्य नभएको बताइन्छ ।

आपुर्तिमन्त्री आउट

प्रधानमन्त्री ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन् । यो भ्रमणमा इन्धन सम्झौता पनि एजेण्डामा राखिएको थियो । तर, भ्रमण टोलीमा आपूर्तिमन्त्री गणेशमान पुन  परेका छैनन् । एमाओवादीबाट शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई टोलीमा राखिएको छ ।

भ्रमण दलमा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्य मन्त्री दीपक बोहोरालगायत छन् । तर, इन्धनसँग सम्वन्धित मन्त्रालय आपूर्तिका मन्त्री भने छैनन् ।

प्रकाशित : ५ चैत्र २०७२, शुक्रबार ०९:२१