नेपालको विज्ञापन बजार १० अर्बबाट २० अर्ब माथि पुग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालको विज्ञापन बजार १० अर्बबाट २० अर्ब माथि पुग्ने



काठमाडौं। क्लीन फिड लागू हुनेगरी कार्यान्वयनमा आएको विज्ञापन (नियमन गर्ने) ऐनका कारण नेपालको विज्ञापन बजार १० अर्बबाट २० अर्ब माथि पुग्ने भएको छ ।

सो ऐन राजपत्रमा प्रकाशित भइ कार्यान्वयनमा आएपछि विज्ञापन एजेन्सीहरु खुसी भएका छन् भने नेपालको विज्ञापन बजारमा नयाँ तरङ्ग छाएको छ । विगत धेरै वर्षदेखि नेपाली मिडिया र विज्ञापन उद्योगहरुले नेपाल सरकारसँग क्लीन फिड नीति लागू गर्न माग गर्दै आएका थिए ।

यो ऐन कार्यान्वयनमा आएसँगै पैसा तिरेर अन्य मुलुकको विज्ञापन हेर्नुपर्ने बाध्यकारी व्यवस्थाको अन्त्य भएकाले नेपाल विज्ञापन संघ पनि खुसी भएको छ ।

नेपालमा टिभी विज्ञापनमध्ये ७० प्रतिशत विज्ञपान भारतका बहुराष्ट्रिय कम्पनी सिर्जित छ । स्वीकृति प्राप्त भण्डै डेढ सय विदेशी च्यानलमध्ये १ सयभन्दा बढी पे च्यानल छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित : २७ कार्तिक २०७६, बुधबार ०८:४१