काठमाडाैको न्यूनतम तापक्रम तापक्रम १० दशमलव ८ डिग्री सेल्सियसमा झर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

काठमाडाैको न्यूनतम तापक्रम तापक्रम १० दशमलव ८ डिग्री सेल्सियसमा झर्यो



काठमाडाै । उपत्यकाको तापक्रम मंगलबार बिहान यो वर्षकै सबै भन्दा कम मापन गरिएको छ । मंगलबार बिहान काठमाडाैको न्यूनतम तापक्रम तापक्रम १० दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

काठमाडाैको न्यूनतम तापक्रम सोमबार ११ डिग्री सेल्सियस थियो । यसअघि गएको ७ गते काठमाडाैको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा झरेपनि त्यसपछि बढेर १२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो ।

प्रकाशित : २६ कार्तिक २०७६, मंगलवार ०८:३५