बङ्गलादेशका राष्ट्रपति आज नेपाल आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बङ्गलादेशका राष्ट्रपति आज नेपाल आउँदै



बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद औपचारिक राजकीय भ्रमणमा आज नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा हमिद नेपालको चार दिने राजकीय भ्रमणमा आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद आजदेखि कात्तिक २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहनेछन्। बङ्गलादेशका राष्ट्रपतिको औपचारिक भ्रमणको सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । उनको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई झकिझकाउ बनाई सिँगारिएको छ ।

दुवै देशका राष्ट्रपतिको तस्बिर सडकका पोलहरूमा लाम लगाएर राखिएको छ । ठाउँठाउँमा विभिन्न खालका स्वागत झल्कने सामग्री पनि राखिएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच उच्चस्तरीय भेटवार्ता हुनेछ । सो क्रममा राष्ट्रपति भण्डारीले समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ । मन्त्रालयका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बङ्गलादेशका राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

भ्रमणमा रहँदा उनले राजधानी तथा भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल, प्रागऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको भ्रमण गर्नेछन् । त्यस्तै राजधानीबाहिरको पर्यटकीय नगरी पोखरालगायत पर्यटकीय क्षेत्रको पनि राष्ट्रपति हमिदले अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

प्रकाशित : २६ कार्तिक २०७६, मंगलवार ०८:२९