सुन तोलाको दुईसय रुपैयाँले घट्यो,चाँदीको भाउ १५ रुपैयाँ सस्ताे – « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुन तोलाको दुईसय रुपैयाँले घट्यो,चाँदीको भाउ १५ रुपैयाँ सस्ताे –



Gold_Shotकाठमाडौं। यो साता सुनको भाउ तोलाको दुई सय रुपैयाँले ओरालो लागेको छ। साताको सुरुवातमा तोलाको पाँच सय रुपैयाँले बढेको सुनको भाउ अन्तिम दिनसम्ममा दुईसय रुपैयाँले घटेको हो।

साताको दोस्रो दिन स्थिर रहेको सुनको भाउ तेस्रो दिनमा आठ सय रुपैयाँले घटेको थियो। त्यसपछि लगातार सुनको भाउ उकालो लागेको थियो। शुक्रबार भने सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्‍यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलाको ५५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको भाउ तोलाको ५५ हजार चार सय रुपैयाँ पुगेको थियो। विहिबार सुनको भाउ चार सय रुपैयाँले बढेर ५५ हजार आठसय रुपैयाँ कायम भएको थियो।

सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने १५ रुपैयाँ महंगो भएको छ। महासंघका अनुसार शुक्रबार चाँदीको भाउ तोलाको सात सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित : 18 March, 2016 9:01 am