प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट वितरणको लागि स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट वितरणको लागि स्वीकृत



काठमाडाै । प्रभु बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको १६.८४ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट वितरणको लागि स्वीकृत भएको छ।

बैंकको असोज १७ गते बसेको सञ्चालक समितिको बैंठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.८४ प्रतिशतले हुन आउने ७ करोड ४८ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

राष्ट्र बैंकको स्वीकृतिपश्चात अब बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपश्चात उक्त लाभांश शेयरधनीहरुले पाउनेछन्।

प्रकाशित : १४ कार्तिक २०७६, बिहीबार ११:४१