आज सार्वजनिक बिदा,नेवार समूदायले भाईटिका मनाउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आज सार्वजनिक बिदा,नेवार समूदायले भाईटिका मनाउँदै



काठमाडौं। सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को यही कात्तिक ५ गतेको निर्णयअनुसार आज देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा हुने भएको छ ।

आज नेवार समूदायले भाईटिका मनाउँदैछन्। काठमाडौंका नेवार समूदायका सांसदहरुले प्रधानमन्त्री केपी ओलीलाई भेटेर बिदा दिन माग गरेका थिए। उनीहरुकै माग अनुसार सरकारले यस्तो विदा दिने निर्णय गरेको हो।

प्रकाशित : १३ कार्तिक २०७६, बुधबार ०८:३९