घाट सेवा केन्द्रका कर्मचारी आन्दोलनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

घाट सेवा केन्द्रका कर्मचारी आन्दोलनमा



काठमाडौं । घाट सेवा केन्द्रका कर्मचारीहरुले विभिन्न माग राखेर आन्दोलन गरेका छन् । सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् ।

घाटका कामदारहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेलगायतका सबै कामहरु बन्द गरेका हुन् ।

शव जल्न बन्द हुने स्थिति आएपछि पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत पक्षसँग वार्ता थालेको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले समस्या समाधानको लागि हामी वार्तामा रहेको बताएका छन् ।

प्रकाशित : ६ कार्तिक २०७६, बुधबार १२:३१