‘ह्याप्पी तिहार, चिसो बियर’ ले पुर्यायो गायक दुर्गेशलाई जेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

मुख्य समाचार

‘ह्याप्पी तिहार, चिसो बियर’ ले पुर्यायो गायक दुर्गेशलाई जेल



काठमाडाै । गायक दुर्गेश थापा पक्राउ परेका छन् । उनले गाएको ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत विवादमा तानिएपछि प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

तिहारका लक्षित उनको यो गीतमा प्रयोग भएका शब्दका कारण दुर्गेश विवादमा तानिएका हुन् । ‘ह्याप्पी तिहार, चिसो वियर’, ‘ए निकाल गाँजा, खानुपर्छ आज’ लगायतका केही अंश निकै विवादित बनेका छन् । ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश त कानूनी रुपमै विवादमा तानिएको छ ।

गायक थापा तिनै व्यक्ति हुन्, जो तीजमा ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ बोलको गीत गाएर चर्चित बनेका थिए ।

प्रकाशित : ५ कार्तिक २०७६, मंगलवार १४:४३