एनआरएनको मतदान आज १० बजेपछि मतपत्रबाटै हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एनआरएनको मतदान आज १० बजेपछि मतपत्रबाटै हुने



काठमाडौं। काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआएरए) को विश्व सम्मेलनका क्रममा नयाँ नेतृत्व चयनका लागि बुधबार अबेर शुरु भएको मतदान केही सयमपछि स्थगित भएको छ।

भोटिङ मेशिनले काम नगरेपछि आज (बिहीबार) बिहान १० बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन समितिका आयुक्त शिव रिमाल र सदस्य केपी पाण्डेद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।

एनआरएनएको ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको मतदान बुधबार अबेर शुरु भएको थियो। एकजनाले मात्र मतदान गरेपछि मेशिन विग्रिएको जनाइएको छ। भोटिङ मेशिन बनाएपछि आज (बिहीबार) बिहान १० बजेदेखि मतपत्रबाटै पुनः मतदान प्रक्रिया शुरु हुने जनाईएको छ ।

एनआरएनएको अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा उत्रिएका छन्। महाधिवेशनमा ४१ पदका लागि ७७ जनाले मनोनयन दर्ता गराएका छन्। सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने छन् ।

प्रकाशित : ३० आश्विन २०७६, बिहीबार ०७:४२