सुनको भाउ ह्वात्तै बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको भाउ ह्वात्तै बढ्यो



काठमाडौं। आज साताको तेस्रो दिन (मंगलबार) सुनको भाउ ह्वात्तै बढेको छ ।

सोमबार ७० हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एकैदिन ६ सय रुपैयाँ बढेर ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ । आज तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आइतबार ६९ हजार ८ सय प्रतितोला कारोबार भएको तेजावी सुन सोमबार एक रुपैयाँ घटेको थियो ।

आज सुनसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार र सोमबार चाँदी ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : २८ आश्विन २०७६, मंगलवार १४:१७