साढे नौ करोड रुपियाँको आलु र प्याज भित्रियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

साढे नौ करोड रुपियाँको आलु र प्याज भित्रियो



काठमाडौं । भारतका विभिन्न सहरबाट वीरगञ्ज नाका भएर साउन र भदौ महिनामामात्र साढे नौ करोड रुपियाँको आलु र प्याज भित्रिएको हो ।

गत आर्थिक वर्ष २०७५/७६ को पहिलो दुई महिनामा सात करोड ३५ लाख २३ हजार ५८५ रुपिया मूल्य बराबरको आलु प्याज भित्रिएकोमा यस आर्थिक २०७६/७७ वर्षमा दुई करोड दुई लाख ९३ हजार रुपियाँले बढेर नौ करोड ३८ लाख १७ हजार ४०३ रुपियाँ बराबरको आलु प्याज भित्रिएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोका अनुसार आर्थिक वर्ष २०७६/७७ को साउन र भदौ महिनामा तीन करोड चार लाख ८३ हजार ३७३ रुपिया बराबरको १३ लाख ९३ हजार ९०० किलो आलु वीरगञ्ज भन्सार नाका भएर भित्रिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित : १७ आश्विन २०७६, शुक्रबार ०८:३२