डलरको भाउ २९ महीनायताकै उच्च विन्दमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

डलरको भाउ २९ महीनायताकै उच्च विन्दमा



लण्डन । मंगलवार अमेरिकी डलरको भाउ २९ महीनायताकै उच्च विन्दमा पुगेको छ । विश्वभर सार्वजनिक भएका कैयौं तथ्यांकहरूले अमेरिकी अर्थतन्त्र मात्रै स्वास्थ्य अवस्थामा रहेको देखाएपछि डलर सूचक बढेको हो ।

यूरोजोनको म्यानुफ्याक्चरिङ गतिविधिमा ७ वर्षयताकै तीव्र कमी आएपछि यरोपेली शेयर बजार र यूरोको भाउ भने अस्थिर रह्यो। मंगलवारको कारोबारमा मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राहरूको तुलनामा डलर सूचक शून्य दशमलव २ प्रतिशत बढेर ९९ दशमलव ५८५ अंकमा पुगेको थियो । यो सन् २०१७ मेयताकै उच्च हो । 

अस्ट्रेलियाको केन्द्रीय बैंकले ब्याजदर कटौती गरेपछि अस्टेलियाली डलरको भाउ पनि घटेको थियो । न्यूजिल्यान्डमा पनि त्यहाँको डलरको भाउ घटेर ४ वर्षकै न्यून विन्दुमा आएको थियो। डलर बलियो बनेपछि उदीयमान बजारका मुद्रा पनि घटेका थिए । दक्षिण अफ्रिका, टर्की, रुस, भारत र मेक्सिकोका मुद्रा शून्य दशमलव ३ प्रतिशतदेखि शून्य दशमलव ८ प्रतिशतले घटेका थिए।

यूरोपमा अधिकांश प्रमुख बजार ओरालो लाग्दा एशियाली बजार मिश्रित बनेको छ । ऋणपत्र बजार भने बढेको छ । प्रमुख बजारका ऋणपत्रको प्रतिफल बढेको छ । जर्मनी, फ्रान्स र स्पेन अनि अमेरिकी ट्रेजरी बिलको प्रतिफल २ देखि ४ आधार बिन्दुले बढेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ब्रेक्जिट सम्झौतामा संशोधन गर्ने नयाँ प्रस्ताव ल्याएपछि बेलायती सरकारले जारी गर्ने ऋणपत्रको भाउ पनि बढेको थियो। यो समाचार अजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रकाशित : १५ आश्विन २०७६, बुधबार ०८:०६