आवश्यकतानुसार पेट्रोलियम पदार्थ निर्यात गर्न निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आवश्यकतानुसार पेट्रोलियम पदार्थ निर्यात गर्न निर्देशन



काठमाडौँ।  भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले आफ्ना मन्त्रालयका उच्चाधिकारीलाई नेपालको आवश्यकतानुसारको पेट्रोलियम पदार्थको निर्यातका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएका छन् ।
nocयसअघि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले हिजो साँझ नयाँदिल्लीमा शिष्टाचार भेटका क्रममा नेपालको दैनिक आवश्यकतानुसार पेट्रोलियम पदार्थको शीघ्र आपूर्तिका लागि विशेष व्यवस्था गर्न आग्रह गरेका थिए।

उक्त भेटमा द्विपक्षीय सम्बन्ध, सहकार्य तथा दैनिक आवश्यकता र इन्धन आपूर्तिका विषयमा विचार आदानप्रदान भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित : २१ फाल्गुन २०७२, शुक्रबार ०७:५५