सेयर लगानीकर्ताको मनोबल बढाउने गरि काम गर्न अर्थमन्त्रीको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

सेयर लगानीकर्ताको मनोबल बढाउने गरि काम गर्न अर्थमन्त्रीको निर्देशन



काठमाडाै । अर्थमन्त्री डा युबराज खतिवडाले अर्थमन्त्री खतिवडाले सेयर बजारमा लागानी गर्ने अहिले उचित अवसर भएकाे बताएका छन् । कर्मचारी संचय कोषको ५८ औ वार्षिकोत्सवको अवसरमा सम्बोधनको क्रममा अर्थमन्त्री डा खतिवडाले नागरिक लगानी कोष लगायतका संस्थाहरुका लागि सेयरबजारमा लगानी गर्ने यो उचित अवसर भएको बताए।

बजार घटेर निरुत्साहित भएका लगानीकर्ताको मनोबल बढाउने गरि दोस्रो बजारबाट सेयर किन्न नागरिक लगानी कोष, सामुहिक लगानी योजना लगायतका संस्थाहरुका उनले सुझाब दिएका हुन।

‘भ्याट, प्यान, लगायतका नीतिगत बिषयहरु समाधान भईसकेकाले अब लगानीको उचित अवसर बनेको छ, तपाईहरु लगानीकर्ताको मनोबल बढ्ने गरि दोस्रो बजारमा लगानी गर्नुहोस’ अर्थमन्त्री खतिवडाले भने। अर्थमन्त्री खतिवडाले नेपालको पुंजीबजारमा बोन्ड बजारको विकास हुने क्रममा रहेकाले संस्था तथा कोषहरुको लागि समेत लगानीको अर्को अवसर हुने बताए।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलवार १२:१२