सामाजिक सूरक्षा भत्ता वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सामाजिक सूरक्षा भत्ता वृद्धि



्काठमाडौं । सामाजिक सूरक्षा भत्ता वृद्धि गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आज एक सूचना जारी गर्दै सामाजिक सूरक्षा भत्तामा वृद्धि गरेको जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७६०७७ मा सामाजिक सूरक्षा भत्ता सम्बन्धमा अर्थ मन्त्रालयको मिति २०७६/०५/१२ र २०७६/०५/४ को पत्रअनुसार सामाजिक सूरक्षा भत्ताको नयाँ दर कायम गरेको विभागले जानकारी दिएको छ ।

भत्ता बढेसँगै जेष्ठ नागरिक र एकल र विधवा महिलाको मासिक २ हजार, पूर्ण अपाङ्गता भएका र लोपोन्मुख आदिवासी जनजातिको मासिक ३ हजार पुगेको छ । त्यस्तै ७० वर्ष पूरा भएका जेष्ठ नागरिकले मासिक १ हजार उपचार खर्च पाउने भएका छन ।

प्रकाशित : २७ भाद्र २०७६, शुक्रबार १३:४२