कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक , बस्दै यस्ता छन एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक , बस्दै यस्ता छन एजेन्डा



काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बुधबार पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थामा छलफल हुनेछ । बैठकमा पार्टीको आन्तरिक संरचना र दोस्रो चरणको जागरण अभियानका विषयमा पनि छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

१४औँ महाविधेशनलाई लिएर नेपाली कांग्रेसका नेताहरूमा विवाद छ । नेताहरूले सहमतिमा अगाडि बढ्ने सहमति गरेका छन् ।

बैठकमा सरकारको मन्त्रिपरिषद बैठकको भिडियो कलबारे पनि छलफल हुने जनाइएको छ । नेपाली कांग्रेसले गोपनीयता नहुने भन्दै मन्त्रिपरिषदको बैठकलाई भिडियो कलमार्फत राखेकोमा विरोध जनाएको छ ।

प्रकाशित : ११ भाद्र २०७६, बुधबार ०९:५५