पिपुल्स पावरले आइपीओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पिपुल्स पावरले आइपीओ जारी गर्ने



काठमाडाै । पिपुल्स पावरले भदौ २७ गते दुई आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७४–७५ तथा २०७५–७६ को वार्षिक साधारण सभा एकैपटक गर्न लागेको हो । सभामा कम्पनीले आइपीओ जारी गर्ने मुख्य प्रस्ताव पेश गर्ने भएको छ ।

दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि छ । त्यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने अर्को एजेन्डा पनि रहेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित : ७ भाद्र २०७६, शनिबार १३:२१