असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट



काठमाडौं । काठमाडौं महानगरपालिकाले करको दायरा बढाउने उद्देश्यका साथ असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट दिएको छ । महानगरले बक्यौता रकम हुने करदातालाई समेत जरिवाना छुट दिएको छ ।

सम्पत्ति कर वर्षमा एकपटक मात्र तिर्नुपर्छ । आर्थिक वर्षको सुरुवातमै कर नतिर्ने परिपाटी हुँदा सेवाग्राहीलाई आकर्षित गर्न सम्पत्ति करमा छुट दिएको राजस्व विभागका नुरनिधि न्यौपानेले बताए ।

‘वर्षको अन्तिममा मात्र कर तिर्ने बानी छ हाम्रो,’ उनले भने, ‘त्यसैले समयमै कर तिराउनका लागि कर तथा विभिन्न शीर्षकमा छुट दिएको हो ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रकाशित : ११ श्रावण २०७६, शनिबार ०९:१७