आँधिखोला लघुवित्तको आइपीओ खुल्यो, कसरी दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आँधिखोला लघुवित्तको आइपीओ खुल्यो, कसरी दिने आवेदन ?



काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको आइतबार (आज ) देखि ४ लाख कित्ता आइपीओ खुलेको छ । यसमध्ये ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ । यस्तै, २० हजार कित्ता म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

आँधिखोलाले आइपीओबाट आएको रकममध्ये २ करोड रुपैयाँ पशुपालन तथा कृषि कर्जा, १ करोड रुपैयाँ खुद्रा व्यापार तथा सेवा कर्जा र १ करोड रुपैयाँ साना तथा घरेलु कर्जामा उपयोग गर्ने योजना बनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म १ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाउने कम्पनीको प्रक्षेपण छ । यस्तै, आव २०७६।७७ मा खुद नाफा ३ करोड १५ लाख रुपैयाँ र आव २०७७।७८ मा ३ करोड ९९ लाख रुपैयाँ पुर्याउने अनुमान छ ।

आँधिखोलाको आइपीओ असार २५ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा साउन २० गतेसम्म भर्न मिल्नेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट यो आइपीओमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । आँधिखोलाले आइपीओ बिक्री गरी चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्याउने छ ।

प्रकाशित : 7 July, 2019 7:56 am