कोरिया जान भाषा परीक्षामा पास हुनेमध्ये आधामात्र जान पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

विविध

कोरिया जान भाषा परीक्षामा पास हुनेमध्ये आधामात्र जान पाउने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैँ । दक्षिण कोरिया जान भाषा परीक्षामा पास हुनेमध्ये आधामात्र जान पाउने भएका छन् ।

यो वर्ष दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा ४ हजार ७ सय र कृषि मूलक क्षेत्रमा २ हजार कामदार लैजाने भएको हो ।

यो वर्षको ईपीएस परीक्षामा १२ हजार ९ जना पास भएका छन् । यीमध्ये दक्षिण कोरियाले ६ हजार ७ सय मात्र कामदार लैजाने इपिएस साखा सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिएका छन् ।

भदौ ४ देखि १८ गतेसम्म सीप परीक्षण दक्षिण कोरिया जान पाउने–नपाउने निश्चित गर्ने भण्डारीले जानकारी दिए । सीप परीक्षणको लागि असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्नु पर्ने इपिएस शाखाले जनाएको छ।

प्रकाशित : २० असार २०७६, शुक्रबार ०७:४७ 5 July, 2019 7:47 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।