दीपक मनाङेलाई मुख्यमन्त्री गुरुङले नेकपामा भित्र्याए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

दीपक मनाङेलाई मुख्यमन्त्री गुरुङले नेकपामा भित्र्याए



काठमाडौं। प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री र नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले बिहीबार विहान पार्टी प्रवेश गराएका हुन्।

मनाङको क्षेत्र नम्बर ‘ख’ बाट स्वतन्त्र उम्मेद्वार बनेका दीपक मनाङेका नामले चिनिने गुरुङले नेकपाकै समर्थनमा चुनाव जितेका थिए।

पुस ६ गते जेलमुक्त भएपछि १२ गते उनले सपथ लिन पाऊँ भनी गण्डकी प्रदेश सभामा निवेदन र निर्वाचन आयोगबाट दिइएको विजय उम्मेदवारको प्रमाणपत्र पेस गरेका थिए। निवेदनको केहिदिन पछि सभामुख नेत्रनाथ अधिकारीले उनलाई सपथ खुवाएका थिए।

प्रकाशित : १९ असार २०७६, बिहीबार १३:०२