युएईकी रानी साढे ४ अर्ब र दुई सन्तान लिएर बेपत्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

युएईकी रानी साढे ४ अर्ब र दुई सन्तान लिएर बेपत्ता



काठमाडौँ । युएईकी एक रानी साढे ४ अर्ब र दुई सन्तान लिएर बेपत्ता भएकी छिन् ।

युएईको उपराष्ट्रपति र प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका शेख मोहम्मद बिन राशिद अल मकतूमका छैटौँ श्रीमती रानी हया बिन्त अल हुसैनले करिब चार अर्ब ३३ करोड ६० लाख रुपैयाँसहित १ वर्षीय छोरी जलिला र ७ वर्षीय छोरा जायेदलाई पनि साथै लिएर भागेको बताइएको छ ।

समाचारका अनुसार रानी हया लण्डनमा लुक्दै आएकी छन् । उनी जेर्डनका राजा अब्दुल्लाकी सौतनी बहिनी हुन् । समाचारमा जनाएअनुसार हया दुबईबाट भाग्नुअघि जर्मनी गएकी थिइन् । त्यहाँबाट उनले राजा शेख मोहम्मदसँग सम्बन्ध बिच्छेद ९तलाक० मागेकी थिइन् ।

अहिले उनले जर्मनमा राजनीतिक शरण मागेको बताइएको छ । जर्मनले नै उनलाई भाग्न मद्दत गरेको समाचारमा जनाएको छ । तर यसको स्वतन्त्र रुपमा पुष्टि हुन भने सकेको छैन् ।
यदि, जर्मनीले उनलाई राजनीतिक शरण दिए राजनैतिक संकट हुने दुबईले बताएको छ । यसैबीच राजकुमार शेख मोहम्मदले जर्मनीसँग आफ्नो पत्नीलाई फिर्ता पठाउन जर्मनसँग आग्रह गर्दै आएका छन् ।

तर, अर्को एक समाचार स्रोतअनुसार रानीलाई फिर्ता गर्नका लागि युएईले गरेको अनुरोध जर्मनी अधिकारीहरूले सिधै अस्वीकार गरिदिएका छन् । एेजेन्सी

प्रकाशित : १६ असार २०७६, सोमबार ०९:१७