अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणकार्य सम्मपन्न, आजदेखि २१ घण्टा सञ्चालनमा आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणकार्य सम्मपन्न, आजदेखि २१ घण्टा सञ्चालनमा आउने



काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणकार्य सम्मपन्न भएको छ। धावनमार्ग मर्मतकार्य सकिएसँगै आजबाट त्रिभुवन विमानस्थल २१ घण्टा नै सञ्चालनमा आउने भएको छ।

४० वर्षपछि त्रिभुवन विमानस्थलको धावनमार्गमा नयाँ कालोपत्रे गर्ने भन्दै विगत ३ महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबारदेखि पूर्ववत रूपमै सञ्चालनमा आएको हो। धावनमार्ग मर्मतका सयममा राति १० बजेदेखि बिहान ८ बजेसम्म सबै उडान बन्द हुँदै आएको थियो।

विमानहरू उड्नु अगाडि प्रयोग गर्ने मार्ग (ट्याक्सी वे) र विमानस्थलको भित्री सडकको निर्माणको काम भने २ महिनापछि शुरु हुने विमानस्थल स्रातले जनाएको छ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा ज्यान गएसँगै प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले नै मन्त्रालयको जिम्मेवारी लिएका छन्।

प्रकाशित : १६ असार २०७६, सोमबार ०८:५८