नेपाल आयल निगमले भरी सिलिण्डर ग्यास बिक्री गर्दा पनि माग धान्न सकिने विश्वास दिलाएपछि पुनले यस्तो निर्णय गरेका आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले जानकारी दिए।
‘ग्यास उद्योगी र उपभोक्तावादी संघसंस्थाले भरी सिलिण्डर ग्यास बेच्नुपर्ने माग गर्दै आएका थिए, नेपाल आयल निगमले पनि माग धान्न सक्ने विश्वास दिलाएपछि मन्त्रालयमा सबैपक्षको बैठक बसेपछि भरी सिलिण्डर बेच्ने निर्णय भएको हो’ उनले भने।
सरकारको निर्णयसँगै विगत केही महिनादेखि आधा सिलिण्डर बिक्री हुँदै आएको खाना पकाउने ग्यास आजदेखि भरी सिलिण्डर बिक्री हुने भएको छ। ग्यास उद्योगीहरुले आजदेखि भरी सिलिण्डर अर्थात १४.२ किलोग्राम ग्यास भरेर बजारमा पठाउने भएका छन्।
यसअघि भारतले गरेको अघोषित नाकाबन्दीमा ग्यासको अभाव कम गर्न आधा सिलिण्डर अर्थात ७.१ किलोग्राम ग्यास भरेर बजारमा पठाइएको थियो। नाकाबन्दी खुलेपछि ब्यवसायीले भरी सिलिण्डर ग्यास भर्न पाउनुपर्ने बताएका थिए भने उपभोक्ताबादी संघसंस्थाले भरी सिलिण्डर ग्यास दिनुपर्ने माग गरेका थिए।
उद्योगीहरुले आधा सिलिण्डर ग्यास बिक्री गर्दा धेरै सिलिण्डहरु उपभोक्ताको घरघरमै थन्किएकाले ग्यास भर्ने सिलिण्डर पनि अभाव हुन थालेको बताएका थिए।
Comment