नेपाल इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड



काठमाडौं । नेपाल इन्स्योरेन्सले लिलामीमा बिक्री गरेको हकप्रद शेयर बाँडफाँड भएको छ । उक्त शेयरको न्यूनतम मूल्य सय रुपैयाँ तोकिएको भए पनि सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने व्यवस्था रहेको थियो ।

सो बमोजिम संस्थापकतर्फ रू. १६७.११ र सर्वसाधारणतर्फ रू. ३५६ सम्म मूल्य राखी आवेदन पेश गर्ने आवेदकलाई शेयर बाँडफाँड गरिएको छ । कम्पनीले सर्वसाधारणतर्फको १ लाख ४४ हजार ५९१ दशमलव ३५ कित्ता र संस्थापक तर्फको २ हजार ५११ दशमलव ७३ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो । बाँडफाँडपछि शेयर नपरेको रकम आजदेखि आवेदकको खातामा जानेछ ।

प्रकाशित : १ असार २०७६, आईतवार १३:२४