सिभिल बैंकको शाखा गोलबजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल बैंकको शाखा गोलबजारमा



काठमाडौं । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सिराहा जिल्लाको गोलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गरेका हुन । उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, पत्रकार महासंघका सभापति राम बाबु यादव, प्रहरी निरीक्षक नविन घिमिरे तथा सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ लगायतको उपस्थिती थियो ।

 

उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएसँगै बैंकको शाखा संख्या ७७ पुगेको छ । उक्त कार्यक्रमका बोल्दै बैंकका प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको जानकारी दिएका छन ।

प्रकाशित : २८ जेष्ठ २०७६, मंगलवार १३:४६